२६ बैशाख २०८१, बुधबार 1715178513
Banner

स्थापित नेतालाई खुइल्याउँदै देशप्रति कुनै योगदान नगरेका व्यक्ति राजनीतिमा आए : अध्यक्ष ओली


काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नामै नसुनिएका व्यक्ती लहै लहैमा राजनीतिमा आएको बताउनुभएको छ । स्थापित नेतालाई भए नभएका लाल्छना लगाउदै विभिन्न प्रयोजनका लागि नयाँ व्यक्तिको उदय भएको उहाँले बताउनुभयो ।

झापा निर्वाचन क्षेत्र नं ५ बाट अत्याधिक मतका साथ प्रतिनिधिसभा सदस्यमा विजय हुनुभएको अवसरमा नेकपा एमाले सुर्यविनायक वडा नम्बर २ बालकोटका कार्यकर्ता द्धारा आयोजित बधाई कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, अहिले राजनीतिक गर्नका लागि होइन, राजनीतिक भाड्ने प्रयोेजनका लागि काम भएका छन । लहै लहैमा आएका व्यक्ति आम रुपमा स्थापित नेतालाई खुइल्याउने, नेताहरु भ्रष्ट छन् भन्ने अनेक आरोप लगाउने नकरात्मक प्रचार गर्ने क्रम बढिरहेको छ ।

‘पार्टी गठन भएको छैन तर एक थोपो देशका लागि योगदान नगर्ने हाइलाईटमा छन, यस्ले देश उल्टो बाटो तिर गइरहेको हो कि भन्ने लाग्न थालेको छ ।’ अध्यक्ष ओलीले भन्नुभयो ।

तल्लो तह देखि नै तयार गरेर कहिल्यै नाम नसुनिएका व्यक्ति राजनीतिमा आउनु राजनीतिक गर्नलाई नभएर राजनीति भाड्ने खेल हुन सक्ने उहाँको भनाई थियो ।

फरक प्रसंङ्गमा अध्यक्ष ओलीले एमाले पार्टी भित्र बुद्धिजीवीको पंक्ति ठुलो छ तर तिनले लेखेको लेख पढन नपाएको गुनासो व्यक्त गर्नुभयो । ‘एमालेमा यतिका बृद्धिजीवी छन तर तिनले लेखेको लेख पढन पाएको छैन ।’ अध्यक्ष ओलीले एमालेका हरेक संगठन बलियो हुनुपर्ने बताउनुभयो । संगठनको जालो छ तर माछा तान्ने खालको छैन भने त्यस्तो माछा नतान्ने जालोको के काम ? उहाँको प्रश्न थियो ।