६ जेष्ठ २०८१, आईतवार 1716169459
Banner

थापाथलीका सुकुम्बासीले काठमाडौं महानगरपालिका घेरे


काठमाडौं । काठमाडौंको थापाथलीका सुकुम्बासीले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेका भूमिहीन सुकुम्वासीलाई काठमाडौं महानगरपालिकाले बस्ती हटाउन गएको कारण आज मंगलबार भूमिहीनहरूले कार्यालय घेरेका हुन् ।

महानगर कार्यालयअघि नाराबाजी गर्दै भूमिहीनहरू प्रदर्शनमा उत्रिएका हुन् । सुकुम्वासीहरूले विरोध गर्दै तत्कालै भूमिहीन समस्या समाधान गर्न समेत उनीहरूले माग गरेका छन् । आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण भएको थियो । झडपमा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए ।