२१ बैशाख २०८१, शुक्रबार 1714786567
विश्व

टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु

तेहरान । टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु भएको छ । 

टर्कीको ब्ल्याक सी तटमा मिथेन विष्फोटले चिरिएको सयौँ मिटर कडा चट्टान मुनिबाट २२ शव निकालिएको  उद्धारकर्ताहरूले शनिवार जानकारी दिएका छन् ।

विस्फोटका अन्य ८ घाइतेको अस्पतालमा उपचार गरिएको छ । उक्त विस्फोटलाई स्वास्थ्य मन्त्री फहरेटिन कोकाले अहिलेसम्मकै सबैभन्दा घातक औद्योगिक दुर्घटना बताउनुभएको छ ।

“हामी वास्तवमै खेदजनक अवस्थाको सामना गरिरहेका छौँ” आन्तरिक मन्त्री सुलेमान सोयलुले भन्नुभयो। विस्फोटबारे अनुसन्धान भइरहेको छ । एजेन्सी