२४ बैशाख २०८१, सोमबार 1715043943
Banner

दुर्गा पूजा समापनको प्रसाद खादा एकै पटक १ सय २५ जना बिरामी

काठमाडौं : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १८ पम्फापुरका १२५ जना एकै चोटी बिरामीपरेका छन्। 

दुर्गा पूजा समापनको प्रसाद तथा भोज खाएका उनीहरुमा झाडापखाला, बान्ता र अत्याधिक ज्वरोका लक्षण देखिएको नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले जानकारी दिइन्।

उनका अनुसार हिजो गाउँभरीकै मानिस बिरामी परपछि नगरपालिकाका जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोली पम्फापुरमै पुगी उपचार गरेका छन् । प्राथमिक उपचारबाट निको नभएका ४ जना बिरामीलाई थप उपचारका लागि परासीस्थित पृथ्वी चन्द्र अस्पतालमा ल्याइएको छ। 

रामलखन भर, विन्द्रावती मल्लाह र वन्वन्ती हरिजनको अवस्था गम्भीर रहेकाले नगरपालिकाले एम्बुलेन्समार्फत थप उपचारका लागि परासी ल्याएको उपप्रमुख चौधरीले बताइन्। उनीहरुको निःशुल्क उपचार भइरहेको छ।