१४ बैशाख २०८१, शुक्रबार 1714174540
Banner

सडकमा आगो बाल्न ल्याइएको एमसीसीमा एमालेको कुनै भूमिका हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमसीसीलाई गिजोलेर मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेलेको बताउनुभएको छ । 

संसद बैठकपछि सिंहदरवारस्थित संसदीय दलको बैठकमा भेला भएका एमाले सांसदहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले  एमसीसीलाई विगतमा आफूविरुद्धको हतियार बनाउनेहरुले नै अहिले मुलुकलाई विदेशीको क्रिडास्थल बनाउन ल्याएको बताउनुभयो । 
‘यी गठबन्धनकारीले एमसीसी अनुमोदनका लागि पेश गरेका होइनन्,जनताबीच भिडन्त गराउने र सडकमा आगो बाल्नका लागि ल्याएका हुन् ।’ओलीको भनाई थियो । 
अध्यक्ष ओलीले त्यसैले अहिले एमसीसीमा एमालेको कुनै भूमिका नरहने प्रष्ट पार्नुभयो । 
सभामुखका कारण हामी संसदीय प्रक्रियामा छैनौं,प्रक्रियामा भाग लिन पायौं भने त्यहीबेला हाम्रो पोजिशन प्रष्ट हुन्छ ।

अध्यक्ष ओलीको भनाई थियो । ओलीले  परमादेशीलाई जनादेशले विस्थापित नगर्दासम्म मुलुक यस्तै संकटमा फस्ने बताउनुभयो ।