१४ बैशाख २०८१, शुक्रबार 1714159233
Banner

थप १९८ सङ्क्रमित थपिए, चारको मृत्यु

पछिल्लो २४ घण्टामा १९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५३८ जनाको पीसीआर परीक्षण गर्दा १९८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा तीन हजार ५५८ जनाको एन्टीजेन परीक्षण गर्दा १५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल सात हजार ९६ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ३५० जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १२ सय ७२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा चार जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा सात लाख ६९ हजार ५७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल १३ हजार ३५७ जना सक्रिय सङ्क्रमित छन् ।