१२ बैशाख २०८१, बुधबार 1713982758
Banner

यस्तो रहयो नेपाल खेलकूद महासंघ विशेष उपत्यका प्रदेश कमिटीको प्रथम अधिवेशन (फोटो फिचर)

काठमाडौं । नेपाल खेदकूद महासंघको उपत्यका प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । काठमाडौंको वल्र्ड टे्ड सेन्टरमा आज आयोजित कार्यक्रममा पुर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खेलाडीलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बंगलादेशमा स्वर्ण पदक जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगद तथा सम्मान पत्र बितरण गरिएको थियो ।

कार्यक्रममा चौथो एशियन पारा खेल २०२१ मा स्वर्ण जित्न सफल खेलाडीलाई नगदले सम्मान गरिएको थियो ।

त्यस्तै महासंघले राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पनि सम्मान गरेको छ । कार्यक्रममा पुर्वमन्त्री गोकुल बास्कोटा, राष्ट्रिय खेलकूद महासंघका अध्यक्ष रमेश पौडेल, खेलकूद महासंघका संयोजक परशुराम बस्नेतले आफनो धारणा राख्नुभएको थियो ।