२४ बैशाख २०८१, सोमबार 1715050111
Banner

समानुपातिक उम्मेदवारको निर्णय लिन एमाले सचिवालयको बैठक आज बस्र्दै

काठमाडौं – प्रतिनिधि र प्रदेशसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्नका निम्ति नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

आज दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेगरी बैठक बोलाइएको हो ।

नेकपा एमालेले असोज १६ भित्र समानुपातिक तर्फका उम्मेदवारको टुंगो लगाउँदैछ । त्यसपछि भने प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने वारे छलफल हुने बताएको छ । निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनको समय निर्धारण गरेको छ ।