४ जेष्ठ २०८१, शुक्रबार 1715935760
खेलकुद

विश्वकप ग्लोबल छनोट : फिलिपिन्ससँग खेल्दै नेपाल

काठमाडौं– विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार नेपालले फिलिपिन्ससँग खेल्दै छ ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्सको सामना गर्न लागेको हो ।

शुक्रबार पहिलो खेलमा ओमानलाई घरेलु मैदानमा पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिने छ ।

नेपालले अल अमेरात क्रिकेट मैदानमा फिलिपिन्ससँग बिहान पौने १२ बजेपछि खेल्नेछ ।

शुक्रबार पहिलो खेलमो ओमानलाई ३९ रनले हराएको नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

फिलिपिन्स भने पहिलो जितको खोजीमा छ ।