१४ बैशाख २०८१, शुक्रबार 1714175438
Banner

सीट बाँडफाँडमा सहमति जुटेन, ४ बजे फेरि बस्ने

काठमाडौं । सत्तागठबन्धनको सीट बाँडफाँडमा सहमति जुटन नसकेपछि फेरि दिउँसो ४ बजे बस्नेगरी सकिएको छ।

आगामी मंसिर ४ मा हुने संघ तथा प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो।

बैठक दिउँसो ४ बजे बस्नेगरी बैठक सकिएको नेता रामचन्द्र पौडेलले बताए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,वरिष्ठ नेता झलनाथ खनाल,जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु छलफलमा सहभागी थिए।

सोमबार समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका सत्ता गठबन्धन दलका नेताहरु प्रत्यक्षतर्फको भागबन्डा मिलाउन छलफललाई तीव्र पारेका हुन्।