१५ बैशाख २०८१, शनिबार 1714214362
Banner

चोलेन्द्रलाई महाअभियोग लगाउन एमाले र लोसपाको फरक मत

महाभियोग सिफारिस समितिकाे बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे फरक मत राखेको छ । समितिका सभापति रामबहादुर विष्टले तयार गरेको प्रतिवेदनमा एमालेको तर्फबाट समिति सदस्य विष्णु पाैडेलले फरक मत प्रस्तुत गरेका हुन् ।

एमालेले फरक मत राखेपछि बहुमत सदस्यबाट महाभियोग लगाउने प्रस्ताव पारित भएको छ । यसअघि सो प्रस्तावलाई सहमतिकै आधारमा अघि बढाउने गरी छलफल भएको थियो । तर, विभिन्न विषयमा कुरा नमिल्दा अन्तत: सो प्रक्रिया बहुमतबाट टुंगो लगाइएको हो ।