२२ माघ २०७९, आईतवार 1675581110
Banner

एमालेको समानुपातिक नामावली भोली मात्र टुंगिने

भक्तपुर- नेकपा एमालेको सचिवालय बैठक भोली ११ बजे फेरी बस्ने भएको छ ।

आजको बैठकमा अध्यक्षले समानुपातिक प्रणालीको संवैधानिक व्यवस्था,आरक्षणको ढाँचा, समावेशीताको मर्म आदि विषयमा बैठकमा ब्रिफिङ गर्नुभयो । व्यक्तिका विषयमा भोलीको बैठकमा छलफल हुने एक नेताले जानकारी दिए । उपमहासचिव पृथ्वी सुब्बा गुरुङकम अनुसार भोली ११ बजे बालकोटमै बैठक बसेर समानुातिकको नामावली टुंगो लगाइनेछ ।

संघीयतर्फ ११० जना र प्रदेशतर्फ २२० जना उम्मेदवारहरुको सूची बनाउन विविध मापदण्ड, समावेशितलाई ध्यान एवम् क्लस्टरलाई ध्यानमा राखेर बनाउनेबारे छलफल भएको गुरुङले बताउनुभयो ।