१५ बैशाख २०८१, शनिबार 1714214522
प्रदेश

आज र भोली देशैभर ठूलो पानी पर्ने,सतर्कता अपनाउन आग्रह

काठमाडौं- आज शुक्रबार र भोलि शनिबार देशभर ठूलो पानी पर्ने भएको छ ।

वर्षा बढेसँगै बाढी, पहिरो तथा डुबानको जोखिम पनि हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्र नेपालतर्फ सर्दै जाने क्रममा नेपालको पश्चिमी क्षेत्रनजिक आइपुग्ने र सँगै मनसुन न्यून चापीय रेखा पनि बिस्तारै नेपालको तराई नजिक आइपुग्ने हुनाले आगामी केही दिन नेपालमा थप पानी पर्ने भएको हो।

मौसमविद् हीरा भट्टराईका अनुसार अहिले बिहान गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बागमती र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्यतया देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।