७ बैशाख २०८१, शुक्रबार 1713589068
Banner

म्यादी प्रहरीमा पहिलो दिनमै २३ हजार आवेदन

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षार्थ माग गरिएको म्यादी प्रहरीमा एकै दिन दिन २२ हजार ८ सय ८० जनाले आवेदन दिएका छन् ।

आवेदन दिने अन्तिम मिति असोज ६ सम्म तोकिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले दरखास्त दिन पाउनेछन् । छनोट हुनेलाई असोज ३० देखि कात्तिक ८ सम्म तालिम गराएर कात्तिक ९ बाट परिचालन गरिनेछ ।

म्यादीले ४० दिनको तलबरभत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउनेछन् ।