१५ बैशाख २०८१, शनिबार 1714215363
Banner

राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनासँग चिनियाँ सभामुख लीको भेट

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग चिनियाँ सभामुख ली चाङ्सुले भेटवार्ता गर्नुभएको छ ।

मंगलबार बिहान साढे ९ बजे संघीय संसद भवन नयाँ बानेरवरमा नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली सँग अध्यक्ष तिमल्सिनाले भेट गर्नुभएको हो ।

ली सोमबार सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा नेपाल भ्रमणमा आउनुभएको हो। आज लीले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ।