८ बैशाख २०८१, शनिबार 1713643379
Banner

केपी ओली र चिनियाँ नेता लीबीच भेटवार्ता सम्पन्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान भेटवार्ता भएको हो । भेटमा एमाले नेता सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाललगायतका नेताहरू सहभागी हुनुभएको थियो। उक्त भेटवार्तामा दुईपक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चारदिने औपचारिक भ्रमणका क्रममा २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।