८ जेष्ठ २०८१, मंगलवार 1716285265
कला/साहित्य

‘प्रेमगीत ३’ को टिम कलकत्तामा

काठमाडौँ- नेपाली र हिन्दी भाषामा रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत ३’ को टिमले भारतको कलकत्ताको भ्रमण गरेको छ ।

चलचित्र प्रचारका लागि ‘प्रेमगीत ३’ टिम कलकत्ता पुगेको हो । चलचित्रमा इण्डियन आइडल १२ का विजेता पवनदिप राजनले पनि सङ्गीत दिएका छन् ।

उनीहरु पनि चलचित्रको प्रचार कार्यक्रममा सहभागी भएको भारतबाट प्रकाशित हुने टेलिग्राफ इन्डियाले जनाएको छ ।

फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जिवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतमलगायतका कलाकारको अभिनय छ ।