१५ बैशाख २०८१, शनिबार 1714209710
समाचार

थप १०४ जनामा कोरोना पुष्टि, २ जनाको मृत्‍यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८७ जनाको परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र १ हजार ९९५ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।