११ बैशाख २०८१, मंगलवार 1713906242
समाचार

चोलेन्द्रको आजको बयान सकियो,अब २८ गते थप जवाफ मागिने

काठमाडौँ । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले चौथोपटक आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ । 

सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यालयमा आइतबार उहाँको बयान लिइएको हो । गत १ फागुनमा जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

समितिले आइतबारमात्र जबरासँग भ्रष्टाचार, अनियमिततासहितका २४ वटा प्रश्न गरेको छ । बयानका लागि ४३ वटा प्रश्न तयार गरेको समितिले ३५ वटा प्रश्न सोधिसकेको छ । मध्यान्ह पौने १ बजेदेखि सुरु भएको उहाँको बयान अपरान्ह साढे ४ बजे सकिएको हो।

महाअभियोग सिफारिस समितिको अर्को बैठकले बाँकी बयान लिने छ । समितिको बैठक अब भदौ २८ गते लिने छ ।