१४ बैशाख २०८१, शुक्रबार 1714163594
Banner

सुनसरीमा मन्त्रीका पीएसओसहित दुई प्रहरीको मृत्यु

सुनसरी – सुनसरीमा सवारी दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ।

आज भएको दुर्घटनामा नेपाल प्रहरीका हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरीका सहायक हवल्दार प्रकाश गोजेवारको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिनु भयो ।

चौधरी श्रम मन्त्रालयमा पीएसओको रुपमा कार्यरत थिए भने गोजवार बीओपीमा कार्यरत थिए। 

पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई पश्चितर्फ जाँदै गरेको पिकअप भ्यानले कोसी गाउँपालिका १ स्थित सडकखण्डमा ठक्कर दिँदै दुवै प्रहरी घाइते भएका थिए। उनीहरुलाई तत्काल न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो। 

ठक्कर दिने सवारीका चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्रहरीले पक्राउ गरेको छ।