१३ बैशाख २०८१, बिहीबार 1714052023
राजनीति

मोरङ क्षेत्र नम्बर ६(ख)बाट पर्शुराम बस्नेतको नाम सिफारिस

काठमाडौं । प्रदेशसभा सदस्यमा एमाले नेता पर्शुराम बस्नेतको नाम सफारिस भएको छ । मोरङ क्षेत्र नम्बर ६ (ख)बाट प्रत्यक्षमा बस्नेतको नाम सिफारिस भएको हो ।

शनिबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले बस्नेतसहित रमेश प्र. पोखरेल, राधेश्याम कट्टल, रोहित कोइरला, दिनानाथ भगत, यसोदा अधिकारी र शिव थापाको नाम फिफारिस भएको हो ।

यसअघि बस्नेतको नाम विराटनगरको मेयरमा पनि चर्चामा थियो । एमाले खेलकुद महासंघका अध्यक्षसमेत रहनुभएका बस्नेत राष्ट्रिय युवा संघ नेपालका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ । सोही निर्वाचन क्षेत्रबाट समानुपातिकामा १३ जनाको नाम सिफारिस भएको छ । जसमा सरस्वती खरेल, मदनकिशोर कामत, गिरेन्द्र कार्की, प्रमिला राउत, विजय कामत, मो. इमाम हैदर, सन्तोषी श्रेष्ठ, अरुण राठी, इन्दु गुप्ता, तीलाकुमारी शर्मा, आरती गेलाल, रिंकु परियार, जयप्रकाश महतो, इन्दिरा गिरि, मीनकुमार आचार्य र मिरा दली रहेका छन् ।

त्यस्तै, मोरङ क्षेत्र नम्बर ६ (क)बाट ११ जनाको नाम सिफारिस भएको छ । जसमा गुरु बराल, रीता न्यौपाने, नीरा भगत, युवराज बराल, सत्यनारायण चौधरी, लक्ष्मी फुँयाल, नागेश पोखरेल, पितकुमार श्रेष्ठ, ज्ञानेन्द्र ओझा, हर्कराज परियार र राजीव गौतम रहेका छन् ।