२५ बैशाख २०८१, मंगलवार 1715060798
Banner

मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु

सिद्धार्थनगर । बुटवल–१३ बेल वासमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ।

दुर्घटनामा परि बुटवल १३ बेल वास बस्ने वर्ष ४५ का सोनु भट्टराई र उनका ६ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फजाँदै गरेको लु४१प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु४८प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर गुडिरहेको ट्याङ्कर मुनी पर्न जाँदा बाबु–छोराको मृत्यु भएको हो।

लु४१प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ क ४४२४ नम्बरको ट्याङ्कर मुनी पुगेको हो।

मोटरसाइकलको पछाडि बसेका १५ वर्षीय आयुष आचार्य तथा लु४८प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर भने घाइते भएका छन्।