१४ बैशाख २०८१, शुक्रबार 1714155931
कला/साहित्य

भुवन केसीको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिलाई खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा सोमबार पनि सुनुवाइ हुन सकेन ।

सर्वोच्चले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखेको छ । सोमबार यो मुद्दा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा परेको थियो ।
नरेशकुमार पौड्यालसहित पाँचजना अध्यक्षका अन्य उम्मेदवारले गत साउन ३० गते मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीलाई विपक्षी बनाई रिट दायर गरेका थिए । भुवन केसीको शैक्षिक योग्यतामाथि उनीहरुले प्रश्न उठाएका छन् ।