१४ बैशाख २०८१, शुक्रबार 1714162149
कला/साहित्य

भ्यालेन्टाइन डे को यस्तो छ इतिहास

‘वेदान्तका अनुसार सम्पूर्ण सृष्टि र प्रपञ्जको कारण मानिने ईश्वरको अलौकिक तथा अदृश्य शक्ति, लीला नै माया हो ।’

संसरमा यस्ता अमर प्रेमी छन् जो उपन्यासमा  मात्रै सीमित भए पनि विश्वले अमर प्रेमीको रुपमा सम्मान गरेकाे छ । उदारहणका लागि-रोमियो जुलिएट, हीर-राँझा, लैला-मज्नु ,मुना-मदन । जाे चोखोसाँचो मायाका अमर प्रेमीको प्रतिकका रुपमा विश्वभर प्रख्यात छन् ।

कुनै बेला इटलीको रोमनमा क्लाउडियस द्वीतिय नामक  सम्राट्ले शासन गर्दथे । उनी अन्यन्त क्रुर, निरंकुश शासक थिए ।  उनी जवान युवाले विवाह गरेमा परिवार छाडेर युद्धमा जान तयार हुँदैनन् भन्ने सोच्दथे । जसकारण उनले युवालाई प्रेम, विवाह गर्न  प्रतिबन्ध लगाएका थिए ।

भ्यालेन्टाइन सम्राटविरुद्धमा थिए, किनभने उनी प्रेममा विश्वास गर्दथे । माया प्रेम ईश्वरको वरदान हो, माया प्रेम गरे ईश्वर प्रसन्न हुन्छन्  भन्ने धारण राख्दथेँ ।

उनले राज्यका युवायुवतीलाई प्रेम गर्नु पाप होइन प्रेम गर्नुपर्छ भनेर प्रेमको परिभाषा दिँदै प्रेम गर्न उत्प्रेरित गर्थे । त्यति मात्र नभएर उनले जवान युवायुवतीको जोडी बनाएर विवाहसमेत सम्पन्न गराएका थिए । त्यो देखेर  क्लाउडियस द्वीतिय क्रोधित भएर मृत्युदण्ड दिने फैसला गरे ।

राज्यको नियमको उल्लंघन गरेको आरोपमा  ईपू् २७० फेब्रुअरी १४ मा उनलाई मृत्युदण्ड दिइएको थियो । ‘प्रेम गर्नु पाप होइन ,प्रेम गर्नुपर्छ, प्रेम ईश्वरले दिएको  वरदान हो, प्रेम गरे, ईश्वर प्रसन्न हुन्छन्’  भन्ने प्रेम पूजारी  भ्यालेन्टाइनको सम्झनामा  ‘भ्यालेन्टाइ डे ’ मनाउन थालिएको हो । उनलाई  चिरञ्जिवी तुल्याए पनि सबै समक्ष अहिले पनि उनी अमर छन् ।

एक अर्कालाई मायाको चिनोको रुपमा विभिन्न उपहार दिएर आजको दिन विश्वभर उत्सवको रुपमा प्रेमीप्रेमीकाले उत्साहका साथ ‘भ्यालेन्टाइन डे’मनाउँछन् ।