१४ बैशाख २०८१, शुक्रबार 1714183890
Banner

शेखर कोइराला समूहको बैठक बस्र्दै, माग पुरा नभए समानान्तर कमिटी बनाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समुहको बैठक आज बस्दै छ । आफूपक्षिय नेताहरुलाई बोलाएर देउवाले गरेको एकपक्षिय निर्णयको बिरोध गर्ने बताईएको छ । पार्टी सभापति शेरबहादुर देउवाले तरुण दल, नेविसंघ, महिला संघमा एकलौटी नियुक्त गरेको भन्दै असन्तुष्ट कोइराला पक्षले छुट्टै बैठक बोलाएको हो ।

दिउँसो २ बजेपछि बस्ने बैठकमा संघर्षलाई कसरी अघि बढाउने भनेर छलफल गर्ने शेखर कोइराला निकट एक नेताले बताए ।

पार्टी सभापति देउवाले ९ चैतमा तरुण दल अध्यक्षमा विद्वान गुरुङ र नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए भने केही दिन अघि महिला संघमा पनि उनी निकट उषा रावतलाई नियुक्त गरेको कोइरालाको आरोप छ । एकलौटी निर्णय भएको भन्दै शेखर कोइराला पक्षले पार्टी कार्यालय सानेपामा पार्टी सभापति देउवाविरुद्ध प्रदर्शन समेत गरेको थियो । आफना माग पुरा नभए समानान्तर गतिविधि गर्ने विषयमा छलफल हुने बताईएको छ ।