१४ बैशाख २०८१, शुक्रबार 1714171806
Banner

नेपालको जलस्रोतलाई विश्वभर खानेपानी आपुर्तिको रुपमा व्याख्या गरिनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले नेपालमा भएका सम्पूर्ण प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग हुन नसकेको बताउनुभएकाे छ ।

डा. द्वावारिकानाथ ढुंगेलको पुस्तक ‘चक्रब्यूहमा नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएकाे हाे । राष्ट्रहित अनुकुल हुँदै यी साधान स्रोतको प्रयोग गर्नु पर्ने उहाँको भनाइ छ । 

कार्यक्रममा अध्यक्ष ओलीले सत्ताहितको लागि राष्ट्रहितलाई तिलाञ्जली दिने प्रवृत्ति देखिएको बताउनुभयाे । उहाँले  पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले राष्ट्रहितमा देखाएको र चालेको कदमको प्रशंसा पनि गर्नुभयाे । यस्तो गलत प्रवृत्तिको सधै विरुद्धमा रहनु पर्ने उहाँले बताउनुभयाे ।  कार्यक्रममा उहाँले पुस्तकले नेपालको जलस्रोतलाई उर्जासँग मात्रै नजोडेर विश्वभर खानेपानी आपुर्तिको रुपमा पनि व्याख्या हुनुपर्ने बताउनुभयाे ।