१४ बैशाख २०८१, शुक्रबार 1714177778
राजनीति

महंगीविरुद्ध राप्रपाले आज देशका सबै निर्वाचन क्षेत्रमा कोणसभा गर्दै

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका सबै निर्वाचन क्षेत्रमा महँगी, बेरोजगारी, कुशासन र लम्पसारवादविरुद्ध कोण सभा गर्ने भएको छ ।

देशभरबाट पार्टीका सदस्य र नागरिकलाई कोणसभामा सहभागी हुन राप्रपाले आह्वान गरेको हो ।

राप्रपाले सरकारले माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ।

काठमाडौंलगायत देशका विभिन्न ठाउँमा ‘थाल ठटाउने’ कार्यक्रम गर्दै राप्रपाले तेस्रो चरणको आन्दोलनको चेतावनी दिएको थियो।

गत ५, ६ र ७ गते राजधानीमा बसेको राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।