१२ बैशाख २०८१, बुधबार 1713992717
Banner

स्कुल बसले किच्दा एक बालिकाको मृत्यु

दाङ – दाङमा स्कुल बसले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार बेलुका गढवा गाउँपालिका-७ मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना६ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालिका बसबाट ओर्लने क्रममा पछाडिको टायरले किच्दा गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई  उपचारका लागि लमही अस्पताल पुर्‍याइए लगत्तै उनको मृत्यु भएको थियो ।

प्रहरीले विद्यालयको बस र चालकलाई  नियन्त्रणमा लिएको छ ।