१४ बैशाख २०८१, शुक्रबार 1714176356
Banner

जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको यस्तो छ प्रतिवेदनको पूर्णपाठ

काठमाडौं – तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप छानबिन गर्न गठित संसदीय छानविन विशेष समितिले तयार पारेको प्रतिवेदनमा प्रतिपक्षी नेकपा एमालेले फरक मत राखेको छ।

छानविन विशेष समितिमा रहेका एमालेका चार सांसदहरु खगराज अधिकारी, प्रदीपकुमार ज्ञवाली, विमला विक र भानुभक्त ढकालले फरक मत राखेका हुन्।

बजेट निर्माणका मन्त्रालयमा प्रवेश गर्ने अनधिकृत भनिएको व्यक्तिलगायत छानबिनको दायरामा रहेका व्यक्तिहरूको कल डिटेल र मोबाइल लोकेसन उपलब्ध नगराएको, बजेट निर्माणको रातिको सम्पूर्ण दृश्य संग्रहित दुरुस्त अवस्थाको सीसीटीभी फुटेज उपलब्ध नगराएको लगायत असन्तुष्टि फरक मतमा राखिएको छ ।

यस्तै कतिपय दस्तावेज र विवरण अर्थ मन्त्रालयका कर्मचारीहरूले उपलब्ध नगराएकाले पनि शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गर्न नपाइएको चार सदस्यहरूले भनेका छन् ।

फरक मत राखेका समिति सदस्यहरुले प्रतिवेदनको सुझावमा थप्नुपर्ने विषय भन्दै लेखेका छन्, ‘यो विषयमा स्पष्ट कार्यादेशसहितको संयन्त्र बनाएर थप छानबिन गर्नुपर्ने र दोषी ठहर भएकालाई कानुनबमोजिम कारबाहीको माग गर्दछौं ।’

११ सदस्यीय समितिले प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा भने सीसीटीभी फुटेजमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको र कर हेरफेर गरेको कुरा पुष्टि नभएको जनाइएको छ ।उक्त छानबिन समितिले शुक्रबार नै प्रतिनिधिसभामा प्रतिवेदन पेस गरिसकेको छ ।

फरक मतमा उल्लेखित पूर्ण विवरण: