७ बैशाख २०८१, शुक्रबार 1713521241
Banner

एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा संलग्न नहुने भनी अमेरिकालाई लेखिएको पत्रमा समावेश रहेको बेहोरा सार्वजनिक गर्न माग गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री खड्काले गत ६ असारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ९ साउनमा नेपाल एसपीपीमा सहभागी नहुने कूटनीतिकमार्फत अमेरिकालाई जानकारी गराइसकेको बताएसँगै एमालेले उत्त पत्रमा लेखिएको बेहोरा सार्वजनिक गर्न माग गरेको हो ।  

एमाले सांसद भीम रावलले अमेरिकालाई पठाएको पत्रको प्रतिलिपी माग गर्नुभयो । एमालेकै सांसद शिवमाया तुम्बाहाम्फेले पत्रमा भएको विवरण सारा नेपालीले थाहा पाउनुपर्ने बताउनुभयो । यसअघि सरकारको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार नगरेको भन्दै आलोचना भइरहेको थियो ।