१४ बैशाख २०८१, शुक्रबार 1714192964
Banner

बञ्चरेडाँडामा भदौ १ देखि फोहोर फाल्न नदिने स्थानीयवासीको घोषणा

काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा १ भदौदेखि सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् ।

आज पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले सधैंका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेको हो ।

महानगरले सम्झौताअनुसार काम नगरेको समितिले आरोप लगाएको छ । समितिले यो विषय प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकेको बताए ।