१५ बैशाख २०८१, शनिबार 1714214738
Banner

बञ्चरेडाँडामा फोहोर बोकेका गाडी फेरि रोकिए


काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले रोकेका छन् । काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईका अनुसार फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको छ ।

बन्चरेडाँडाडमा फोहोरका गाडि लैजाने सडक बिग्रिएको भन्दै लामो समयदेखि काठमाडौं महानगरमा फोहोर थुप्रिएको थियो । महानगरले एक सूचना जारी गरी आजदेखि फोहोर उठाउने बताएपनि स्थानीयले भने फेरि अबरोध गरेका छन् । महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न नसकेको भट्टाराईले बताए ।

स्थानीयबासीले फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडासम्म जाने सडक मर्मतको काम पुरा नहुन्जेलसम्म फोहोर नल्याउन भनेका छन् । स्थानीयको आग्रह बमोजिम काठमाडौंको फोहोर उठन अझै समय लाग्ने देखिन्छ ।