१४ बैशाख २०८१, शुक्रबार 1714185091
Banner

सर्खेतबाट रुकुम लैजान लागिएको अवैध ६४ बोरा रासायनिक मल जफत

काठमाडौं । सुर्खेतको भेरिगंगा नगरपालिका, छिन्चु बजारबाट रुकुमतर्फ लैजान लागिएको ६४ बोरा रासायनिक मल प्रहरीले जफत गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका इन्सपेक्टर रमेश राईका अनुसार छिन्चु बजारको मदानेचौर नजिक भेटिएको ट्रकलाई छिन्चु प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।

स्थानीय निर्मला एग्रोभेटका सञ्चालक दयाराम अर्यालको गाडीमा रासायनिक मल भेटिएको हो । ‘गाडीमा ६४ बोरा मल भेटिएको हो । हामीले उहाँहरूसँग बिल मागेका थियौं । २४ बोराको बिल देखाउन उहाँले सक्नुभएन ’, इन्सपेक्टर राईले भने, ‘आज कार्यालय समयमा थप कारबाही गरेर राजश्व कार्यालय नेपालगञ्जमा २४ बोरा पठाइदिन्छौं ।’