१२ बैशाख २०८१, बुधबार 1714017582
Banner

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौं । आईजीपी नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालत गएका एआईजी विश्वराज पोखरेलले मुद्दा हारेपछि पदबाट राजीनामा दिएका छन् । गत शुक्रबार सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि पोखरेलले राजीनामा दिएका हुन् ।

उनले दिएको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालयमा पुगेको छ । एआईजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । आफूभन्दा डेढ वर्ष जुनियरलाई आईजीपी बनाएको भन्दै उनी अदालत गएका थिए ।