२२ बैशाख २०८१, शनिबार 1714842775
कला/साहित्य

रेखा थापाले विवाह गर्ने

अभिनेत्री रेखा थापाले विवाहको तयारी सुरु गरेकी छिन् । उनले २०७९ सालको सुरुवातमा नै विवाह गर्ने तयारी गरेको चर्चा चल्न थालेको छ । 

यसअघि निर्देशक छवि ओझासँग सम्बन्धविच्छेद भएपछि थापाको विवाह हुने चर्चा वर्षेनी चल्ने गरेको थियो । तर, अहिलेसम्म उनले यस्ता चर्चाहरुलाई साथ दिने गरेकी थिइनन् । 

विवाहबारे प्रश्नमा उनले यसअघिदेखि नै आफूले आगामि वर्ष विवाह गर्ने बताउँदै आएकी छिन् । आफूले विवाहबारे थप प्रश्न नआओस् भन्नका लागि पनि यस्तो जवाफ दिने गरेको उनले बताएकी छिन् ।

यसपटक पनि उनले खुलेर आगामि वर्ष विवाह गर्ने त बताएकी छैनन् । तर, उनीनिकटहरुले आगामि वैशाखमा उनको विवाह हुने निश्चित भएको बताउन थालेका छन् ।