२० बैशाख २०८१, बिहीबार 1714711001
Banner

हराएको तारा एयरको जहाजमा को को थिए ? (नामावलीसहित)

पोखरा । पोखराबाट मुस्ताङ उडेको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ।

तारा एयरको 9N-AET कल साइन भएको ट्वीनेटर जहाज आइतबार बिहान ९।५५ बजे पोखराबाट जोमसोम उडेको थियो। जहाजमा तीनजना चालक दलका सदस्यसहित २२ जना हुनुहुन्थ्यो ।

नागरिक उड्डयन कार्यालय पोखराका अनुसार जहाजमा दुई जर्मनी नागरिक, चार भारतीय र बाँकी १३ जना नेपाली नागरिक रहेका छन् ।
विमानमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा हुनुहुन्थ्यो ।  यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ हुनुहुन्थ्यो । 
यसैगरी प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको बताइएको छ । 

जहाज मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका गरिएको छ ।