२३ बैशाख २०८१, आईतवार 1714900576
पालिका

सिरहाको गोलबजारको मेयर र उपमेयरमा एमाले विजयी

सिरहा — सिरहाको गोलबजार नगरपालिकाको मेयरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार श्‍यामकुमार श्रेष्‍ठ ७,९०८ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार देव नाथ साहलाई २,२०७ मतान्तरले पराजित गरेका हुन् ।पराजित देव नाथ साहले ५,७०१ मत ल्याएका छन् । श्रेष्ठ यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा साहसँगै पराजित भएका थिए । साहले श्रेष्ठलाई १,३५४ मतले हराएका थिए ।यस्तै उपप्रमुखमा एमालेकै उम्मेदवार मान्‍ती साह ७,७०३ मत सहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार रेशमकुमारी थापाले ५,६४३ मत ल्याएकी छन् । थापा पनि निवर्तमान उपमेयर हुन् ।