१३ बैशाख २०८१, बिहीबार 1714083889
राजनीति

कोभिडबाट भारतमा एकै दिनमा ४६ जनाको मृत्यु

नयाँ दिल्ली- भारतमा पछिल्लो २४ घन्टामा २ हजार २२ जनामा कोभिड संक्रमण देखिएको छ। योसँगै कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको छ। यो कुल संक्रमितको शून्य दशमलब ३ प्रतिशत हो। मन्त्रालयका अनुसार कोभिडबाट निको हुने समग्र दर ९८ दशमलब ७५ प्रतिशत छ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ४६ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ४५९ जना पुगेको छ। भारतमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या फेरि बढेको छ।