१८ बैशाख २०८१, मंगलवार 1714467071
पालिका

 सिरहाको भगवानपुर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित चार वडाध्यक्षमा एमाले विजयी

सिरहा — सिरहाको भगवानपुर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित चार वडाध्यक्षमा एमाले विजयी भएको छ । भगवानपुर गाउँपालिका अध्यक्षमा एमालेका उग्रनारायण यादव  विजयी भएका छन्।उनले ४ हजार ३ सय २ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय भगवानपुरले जनाएको छ।

उनका निकटम प्रतिस्पर्धी जसपाका बेचन यादवले ३ हजार २ सय ३९ मत ल्याएका छन्। यादव २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए। एमालेका उग्रनारायण त्यतिबेला पराजित भएका थिए।

गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै रेखाकुमारी यादव विजयी भएकी छन्। उनले ३ हजार ९ सय ६० मत पाएकी हुन्। उनका निकटम प्रतिस्पर्धी जसपाकी जिवछीदेवी यादवले ३ हजार २ सय १० मत प्राप्त गरिन ।

५ वडा रहेको भगवानपुरमा एमालेका तर्फबाट १ नम्बर वडाध्यक्षमा मिरादेवी यादव, २ नम्बर वडाध्यक्षमा सूर्यनारायण यादव, ३ नम्बर वडाध्यक्षमा विनोद यादव र ५ नम्बर वडाध्यक्षमा अमरलाल यादव विजयी भएका छन्। वडा नम्बर ४ को वडाध्यक्षमा जसपाका रामकुमार यादव विजयी भए।