४ जेष्ठ २०८१, शुक्रबार 1715927480
पालिका

भरतपुरमा विजयले मतान्तर बढाए 

काठमाडौं । भरतपुर महानगरपालिका मेयरमा नेकपा एमालेका विजय सुवेदीले मतान्तर बढाउँदै लगेका छन् । दिउँसो ३ बजेर २५ मिनेटसम्मको परिणामअनुसार सुवेदी ७० मतले अगाडि छन् ।

विजय सुवेदीले ४६५८ मत प्राप्त गर्दा गठबन्धनबाट माओवादीकी उम्मेदवार रेणु दाहाल ४५८८ मतले पछ्याइरहेकी छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २०५६ मत ल्याएका छन् ।यहाँ अहिले ४ नम्बर वार्डको गणना भइरहेको छ ।