२१ बैशाख २०८१, शुक्रबार 1714718238
Banner

बालेनको अग्रता कायमै 

काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म १४ हजार पाँच सय मत गणना भएको छ ।

जसमध्ये स्वतन्त्र उमेदवार बालेन शाहले ६ हजार ४८६ मत प्राप्त गरेका छन् । उनी नै अहिलेसम्म अग्रस्थानमा रहेका छन् ।

त्यसैगरी नेकपा एमालेका उमेदवार केशव स्थापितले ३ हजार ४१३ मत प्राप्त गरेका छन् भने कांग्रेस उमेदवार सिर्जना सिंहले ३ हजार ९ मत प्राप्त गरेकी छन् ।