७ बैशाख २०८१, शुक्रबार 1713562551
पालिका

काठमाडौं महानगरपालिका २ बाट एमालेका राजेन्द्रकुमार श्रेष्ठको प्यानलै विजयी

काठमाडौं – काठमाडौं महानगरपालिकाको वडा २ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ । वडा नम्बर २ को अध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ १३ सय ७९ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२६ मत प्राप्त गरेका छन् । श्रेष्ठ दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडाका सबै सदस्य पनि एमाले नै निर्वाचित भएका छन् ।