१४ बैशाख २०८१, शुक्रबार 1714188257
Banner

एमाले अध्यक्ष ओलीलाई कोरोना पोजेटिभ

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना पोजेटिभ देखिएको छ । हिजो गरिएको पिसिआर परीक्षणमा पोजिटिभ देखिएको सचिवालयले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहनु भएको बालकोट स्रोतले जनाएको छ ।

अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्यलाई पनि पोजेटिभ देखिएको छ । एमालेले प्रेस वक्तव्य मार्फत अध्यक्ष दम्पतीलाई कोरोना भएको औपचारिक जानकारी केहीबेरमा गर्दैछ ।

अध्यक्ष ओलीलाई कोरोना पोजेटिभ देखिएका कारण आज हुने भनिएको पत्रकार सम्मेलन स्थगित भएको हो । अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थितीका बारेमा व्यक्त गर्ने धारणा वक्तव्य मार्फत एमालेले केहीबरेमा सार्वजनिक गर्दैछ ।