२३ बैशाख २०८१, आईतवार 1714928098
पालिका

समृद्ध नेपाल र सुखी नेपाली बनाउन एमालेलाई भोट दिन आवश्यक छ

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन आउन अब ४ दिन मात्र बाँकी छ । ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मचाराजा महर्जन काठमाडौं महानगरपालिका वडा नं १७ को वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ । एमालेको नारालाई सार्थक बनाउन मैले वडाको अध्यक्षमा उमेदवारी दिएको हो उहाँले भन्नुभयो ।

यहाँको प्राकृतिक सम्पदाको संरक्षणसगै सामाजिक सुरक्षा, ज्येष्ठ नागरिकको निशुल्क स्वास्थय, युवालाई उद्यमी बनाउने बिषयमा बिभिन्न कार्यक्रम ल्याउने उहाँको योजना छ । वडामा गएको खण्डमा सहयोग समितिको निमार्ण गरेर वडाका विकास निमार्णको कामहरु पुरा गर्ने योजना बनाएको उहाँले बताउनुभयो । गठबन्धनले चुनाब जित्न साम, दाम, दण्ड, भेद सवै अस्त्रको प्रयोग गरिरहेको अवस्थामा एमालेका नेता कार्यकर्ताले जनताको मन जितेर चुनाब जित्ने उहाँको तर्क थियो ।