५ जेष्ठ २०८१, शनिबार 1716071030
पालिका

विकास निमार्णको कार्यलाई पुरा गर्न एमालेलाई भोट हालौं

काठमाडौं । नेकपा एमाले बूढानिलकण्ठ वडा नम्वर ७ का उम्मेदवारले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । वडा नम्बर ७ का अध्यक्षका उम्मेदवार बसनारायण महर्जनका अनुसार घरदैलो अभियानले जनतामा छुटटै उत्साह थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, यसअघिपनि वडामा रहेर काम गरेको अनुभवका आधारमा आगामी दिनमा अधुँरा रहेका कामलाई पुरा गर्न मैले उमेदवारी दिएको हो । कोरोनाका कारण आफूले सोचे अनुरुप कार्य गर्न नसकेको भन्दै उहाँले दुव्यवसनीमा फसेका बालबालिका ज्येष्ठ नागरिका लागि विशेष योजना लिएर अगाडि बढने बताउनुभयो ।

आफू निर्वाचित भए, शिक्षा, स्वास्थय र रोजगारीको व्यवस्थासँगैे विकास निमार्णको कार्यलाई दु्रत रुपमा अगाडि बढाउने उहाँले बताउनुभयो । विकास निमार्णको अधुँरा कार्यलाई पुरा गर्न एमालेलाई भोट हाल्नु जरुरी रहेको उहाँको भनाइ थियो ।