२६ बैशाख २०८१, बुधबार 1715213855
Banner

काभ्रेमा बस र टाटासुमो ठोक्किँदा पाँच जनाको मृत्यु

काभ्रेपलाञ्चोक- काठमाडौँबाट भारततर्फ जादै गरेको तिर्थ यात्रु बोकेको यात्रुवाहक  बस र सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको टाटासुमो एक आपशमा ठक्कर खाँदा एक जना बालकसहित पाँच जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० वर्षका बिक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ वर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिवहादुर बल रहेका छन् ।

काभ्रेको रोशी गाउँपालिका वडा-११ स्थित बीपी हाइवेमा बस र टाटासुमो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

तीर्थयात्री लिएर जादै गरेको भारतीय नम्बर प्लेटको यात्रुवाहक UP58T8181 नंवरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको ना १ ज ४२१० नम्बरको टाटासुमो एक आपसमा जुधेर दुर्घटना भएको हो । 

अहिले घटनाका घाइतेहरुलाई उद्धार गरी धुलिखेल अस्पताल ल्याउने क्रम चलिरहेको छ । धुलिखेल अस्पतालमा २३ जनालाई ल्याइएकोमा ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाको विषयमा विस्कृत विवरण आउन बाँकी नै छ ।