१४ बैशाख २०८१, शुक्रबार 1714180899
Uncategorized

एमाले जिल्ला अधिवेशन: मोरङ जिल्ला अध्यक्षमा ऋषिकेश पोखरेल

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल निर्विरोध निर्वाचित भएका छन् । एमालेको शनिबार राति सम्पन्न दुईदिने जिल्ला अधिवेशनले उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साहको निर्विरोध निर्वाचित भएका छन् ।  यस्तै १६५ जनाको जिल्ला समितिको सदस्य पदको निर्वाचन पार्टी कार्यालय  पाञ्चालीमा सोमबार बिहान १० बजेदेखि हुने बताइएको छ ।