१३ बैशाख २०८१, बिहीबार 1714031622
Uncategorized

एमाले नुवाकोटको अध्यक्षमा बद्रि मैनाली

नुवाकोट- नेकपा एमाले नुवाकोटको अध्यक्षमा युवा नेता बद्रि मैनाली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

आइतबार नुवाकोट सदरमुकाम विदुरमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट मैनालीको अध्यक्षतामा १०५ सदस्यीय कमिटी नै सर्वसम्मत निर्वाचित भएको हो ।

उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशिराज अधिकारी र निलकण्ठ आचार्य चयन भएका छन । अधिवेशनको उद्घाटन शुक्रबार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गर्नुभएको थियो ।

सर्वसम्मत अध्यक्षमा निर्वाचित भएपछि मैनालीले सम्पूर्ण प्रतिनिधिमा धन्यवाद ज्ञापन गर्दै धेरै योग्य र अग्रजहरू पनि जिल्ला कमिटीमा छुटेको बताउँदै केहीलाई मनोनीत गरेर समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो ।