१४ बैशाख २०८१, शुक्रबार 1714153781
Banner

निर्वाचन केन्द्रित सिर्जना अभियान

       विलुप्त हुन्छ कि नक्सा नेपाली मन रुन्छ नि !
       पुर्खाकामा रक्त रेखाले कारेको देश जान्छ कि ?
       दासका दासको दास दासले देश खान्छ कि ?
       थियो देश कहीँ हाम्रो भविष्य प्रश्न गर्छ नि ! 
                                           वरिष्ठ कवि प्रा. एकराज भटटराई,विराटनगर  

उपर्युक्त कवितांशले नेपाल राष्ट्रको अत्यन्त संवेदनशील,  सङ्गीन मार्मिक अवस्थालाई प्रतिबिम्बित तथा प्रतिध्वनित गरेको छ । जनादेशलाई लत्याउनेहरु जनमतको कदर गर्दैनन् । टिके सरकार बनाउन हत्ते हाल्नेहरु जन अभिमतलाई अन्तर मनले सम्मान गर्दैनन्  ? जनतालाई दिनदाहाडै मारिँदा मौन बस्नेहरु जनहत्याका विरुद्ध मुुखमा ताला झुण्ड्याएर रमित देखाउँछन्, देखाइरहेका छन् । यस्तै दुर्दान्त द्र्घटना गराउने हो भने र सामान्य विवेकलाई खोपामा राखेर मतपत्रमा छाप लगाउने हो भने केही भन्नु छैन ।  सात समुद्रपारिका, सीमा पारि र वारिका मालिकहरुका दयामायाँ, कृपा र आडभरोसमा मात्र बाँच्न पल्केकाहरु  कविका भाषामा दासका दास र तिनका पनि दासले  नेपाल र नेपालीको स्वाधीन, स्वतन्त्र, सार्वभौम र अखण्डता सुरक्षित गर्न किमार्थ  सक्तैनन् । यो आजको स्थानीय निर्वाचन सामु तेर्सिएको सर्वाधिक संवेदनशील र सङ्गीन प्रश्न हो । यस खालको सृजना शक्तिलाई यो बेला जनसमक्ष उजागर गर्न उपयर््ुक्त अभियान जन सांस्कृतिक महासंघ, सुनसरीले सुरु गरिएको हो तर आफैँ भित्रका र बाहिरका आदत र आग्रहका दासहरुले यसलाई कसरी बुझ्छन् हेर्न बाँकी छ । तर यस लक्षलाई कसैले छेक्न सक्तैन ।  अहिले यस खालका निर्वाचन लक्षित कविता, गीत, गजल, क्यारिकेचर, व्यङ्ग्य चित्र र एकल अभिनय सहितका सिर्जनात्मक गतिविधिले सामाजिक सन्जाल भरिएको पाइन्छ ।        

अहिलेको स्थानीय निर्वाचन पनि देश र जनता र जनजीविकाका पक्षधर पार्टी, गठबन्धन र व्यक्तिलाई विजय गराउने कि त्यसका विरोधी पार्टी,गठबन्धन र व्यक्तिलाई विजय गराउने भन्नेमा केन्द्रित छ । जयसिंह धामी प्रकरण दोहो¥याउने हो भने चुच्चे नक्सा बुच्चे पार्ने अझ ठूलो आकारको राष्ट्रघात गर्न दिने हो भने जनविरोधी गठबन्धनका उम्मेदवारलाई मतदान गर्दा हुन्छ । ७ मन्त्रालय रहेको प्रदेश सरकार अहिले १४ जना मन्त्री बनाएर ब्रम्हलुट गरिएको छ । तालाचाबी लिएर बसेको यो गठबन्धन सरकार आफैँ २४ लाख कोरोना खोप हरायो भन्छ तर चोरको खोजी गर्दैन यस्ता तमासा कहीँ हुन्छ ? ओली सरकारसित तुलना गर्दा यो सरकार अहिले सम्मकै निकम्मा सरकार हो । अलिकति सामान्य विवेक राख्ने जो कोहीले भारत अनुकूल वा कन्फर्टेवल सरकार र गठबन्धनका उम्मेद्वारलाई भोट दिनु राष्ट्रघातलाई भरपूर सहयोग गर्नु हो । राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, सुनसरीले जिल्ला व्यापी रुपमा निर्वाचन केन्द्रित सिर्जना अभियान सुरु गरेको छ । महासंघ सुनसरीका अध्यक्ष तथा केन्द्रीय सदस्य प्रसिद्ध नृत्य निर्देशक मनिकुमार राईको नेतृत्व र सचिव गिरिराज खतिवडाको क्रियाशीलतामा एमाले केन्द्रीय सल्लाहकार तथा बरिष्ठ स्रष्टा कुन्ता शर्मा, महासङ्घका विभिन्न विधागत संगठनका केन्द्रीय सदस्य तथा वरिष्ठ सर्जक कलाकारहरु क्रमशः महेन्द्र राई, हीरा ओझा, बालिका पौडेल,दुर्गा पराजुली,वरिष्ठ कलाकार हर्क चुम्मे लगायत प्रदेश १ तथा जिल्ला स्तरका र प्रलेस सम्बद्ध कतिपय सर्जकहरुको सक्रिय सहभागिता रहके थियो भने यस जिल्लाको कार्यक्रमको संयोजन सुनसरी जिल्ला पार्टी सदस्य तथा वरिष्ठ लोकगायक बालकृष्ण कार्कीले गरेक थिए ।

कुर्सीको पनि मोह धेर नलिने नेता बनाउ युवा
न्यायकै घर जल्ने भो आँखा लगाउ त्यता

सीता दाहाल,इटहरी १

निर्वाचन लोकतान्त्रिक स्वस्थ अभ्यासको महत्वपूर्ण पक्ष भए पनि त्च्यसैमा अपहत्ते गर्ने परिपाटीलाई उक्त कविताले व्यङ्ग्य गरेको छ । जनप्रतिनिधिका विकास निर्माण लगायत जनसरोकारका विषयमा के कति इमान्दार रुपमा काम गरे, गरेनन् भन्ने विषयलाई जनताले मूल्याङ्कन गर्ने विषय नै निर्वाचन हो । भरसक योग्य मध्ये योग्यतम नत्र अयोग्य मध्ये योग्य जनप्रतिनिधि चयन गर्ने विषय हो । जनताले आफ्ना जनप्रतिनिधिका हर गतिविधिलाई हर्दम राम्ररी नियालेर खवरदारी गर्ने हो भने जनताका कामहरु हुने र गर्ने र गराउने अवस्था हुन्छ ।

लेखक मिथिला पोखरेलको नेतृत्वमा स्रष्टाहरुले दवाव दिएर भाषा, कला साहित्य सिर्जना परिषद्,इटहरी  गठन गर्न बाध्य पारिएको उदाहरण नै काफी छ । त्यसैले हाम्रो पार्टीबाट निर्वाचित जनप्रतिनिधि भनेर एकोहोरो भर परेर मात्र हुँदैन । मदनले भनेझैँ भ्रष्टाचार र अनियमितता गर्ने मौका पाएर पनि इमान्दार हुने नेता र र कार्यकर्ता के कति हुन्छन् व्यवहारले मात्र प्रमाणित हुन्छ भने कर्मचारीका कारण जनप्रतिनिधिलाई जनताका काम सहज रुपमा गर्न नसक्न परिस्थितिमा सहजकर्ताैको भूमिका पनि निर्वाह गर्नु पर्छ । त्यसैगरी सबै कर्मचारीलाई बेइमान भन्न पनि हुँदैन र आफ्नै आस्थाका हुन् भनेर एकाहोरो विश्वास पनि गर्नु हुन्न । सत्ता र सरकार भनेकै भरसक लोभिने, लोभ्याउने र   विग्रने अवसर भएको क्षेत्र हो । इमान्दारलाई पनि कहीँ न कहीँ जतितति भए पनि छोइपासो लगाउने क्षेत्र हो । तसर्थ स्रष्टाहरुले  सर्वथा ओझेल परेको र पारिएको यस क्षेत्रको उत्थानमा स्थानीय र प्रदेश सरकारलाई बेलैमा झकझक्याउनु पर्छ ।  यही उद्देश्यका साथ स्रष्टाहरु लागि पर्नु पर्छ र नोभोट जस्ता निर्वाचन प्रति चरम वितृष्णा जगाउन उद्यत अराजक प्रवृत्तिलाई निरुत्साहित पार्नु पर्छ । चुनावलाई उत्साहको पर्वका रुपमा स्थापित र विकसित गर्नु पर्छ । स्वभावैले प्रगतिशील देशभक्त लोकतान्त्रिक स्रष्टाहरुले निर्वाचनलाई सांस्कृतिक रुपान्तरण जस्ता विषयलाई सवोपरि प्राथमिकतामा राख्नु पर्छ । अव कस्तो संस्कार र संस्कृति निर्माण गर्ने हो भन्ने विषय प्राथमितामा पर्नुपर्छ । महासंघले यसैलाई सर्वोपरि प्राथमिकतामा राखेको छ ।  

जननेता मदन भण्डारीले पनि आवधिक निर्वाचनलाई सकारात्मक ठहर गर्नु भएको छ । संविधान अनुसार खास समयमा जनताको अभिमत लिएर सत्ता र सरकामा जाने अभ्यास सकारातमक नै हो । तर यसलाई मनि मसल प्रयोग गरेर जनअभिमतका नाममा त्यसको पूरापूर दुरुपयोग गर्ने विकृत पक्ष र परम्परा भने जबजले सर्वथा अस्वीकार गर्छ । त्यसैले आगामी बैशाख ३० मा हुने स्थानीय निर्वाचन केन्द्रित सिर्जनात्मक अभियानमा राष्ट्रिय जन सांस्कृतिक महासंघ सुनसरी सिर्जना,सिद्धान्त, संगठन जस्ता त्रिआयामिक गतिविधिका साथ जिल्लाव्यापी रुपमा क्रियाशील भइरहेको छ ।

पुष्पलालको संयुक्त जनआन्दोलनको सहीनीति नबुझेर तीस वर्ष अलमल्ल पर्ने उग्रवाद अझै जबजको अन्तर्य नबुझेर हैरान देखिन्छन् । जबज माक्र्सवादको पुनः सृजन भए पनि उग्रवादी र अवसरवादी तप्काका पार्टीहरु ठूलो भ्रममा छन् । ठोस परिस्थितिको ठोस विश्लेषण कुरा कथुर्ने बाम उग्रवाद परिस्थितिको सही विश्लेषण गर्न जानिरहेका छैनन् । परिस्थिति अनुकूल बनाउने र फेरिएको परिस्थिति अनुसार सोच,सिद्धान्त र कर्म नगर्नेहरु अहिले न वैज्ञानिक समाजवादको ढ्वाङ फुक्तैछन् ।

मदन भण्डारीले निर्दलीय निरङ्कुश राजशाही पञ्चायती चुनावलाई समेत जनजागरणका लागि उपयोग गर्दा पञ्चायतलाई अन्तध्र्वंश गर्न ठूलो सघाउ पुगेको ०४६ को अन्दोलन गर्ने जन आधार र कम्युनिस्ट शक्रि संगठित भएको जस्ता हेर्दा समान्य तर महत्वपूर्ण विषय हुन् । मदनले कार्लमाक्र्सले भनेझैँ मजदुर वर्गले आफैँले जितेर मुक्ति प्राप्त गर्नु पर्छ भन्ने कुरालाई अझ स्पष्ट पार्दै हामी मुक्तिदाता होइनौँ भन्नु भयो । अर्थात् कम्युनिस्ट आन्दोलन संस्कारकै महानतम आन्दोलन हो । यसलाई माथिबाट थोपरेर होइन तलतलबाट जागृत,सचेत संगठित गरेर उठाउनु पर्छ भन्ने कुरामा जोड दिनु भयो । यही कारण नेपालमा मात्रै कम्युनिस्ट आन्दोलनको झण्डा लहराएको र यसले नौमहिने अल्पमतको सरकार मार्फत् पहिले कहिल्यै कसैले नगरेका र एमाले बाहेक अरु कसैले भालिका दिनमा पनि गर्न नसक्ने कामहरु गरेको छ । यसैगरी ओली नेतृत्वको सरकारले देश,जनता र जनजीविका हितमा विगत सारकार सित दाँज्दा अतुलनीय काम गरकै हुनाले बन्चराका बीँडहरु नै अघि सरेर ढालेका हुन् ।

नाकाबन्दी भन्न नसक्ने तिमी लाचार
नाकाबन्दी बन्द गर्ने ओली सरकार
ओलीका सामु पर्दा मोदी थरर
तिमी चाहिँ मोदी सामु सदा लम्पसार

प्रा.डा. बद्रीविशाल पोखरेल

यही बैशाख ८ गते एक प्रसिद्ध छापा पत्रिकामा पूर्व राष्ट्रपति रामवरण यादवज्यूले विगत ओली सरकारका दूरगामी महत्वका अनेक राष्ट्रहित,जनहितका कामहरु नदेखेझैँ गरेर परोक्ष रुपमा गठबन्धन दलको अत्यन्त सतही प्रचारात्मक विचार व्यक्त गर्नु भएको छ । त्यति धेरै सम्मानित व्यक्तित्वले एउटा पार्टीको कार्यकर्ताको स्तरमा ओर्लिएर बोलेकामा उक्त कविताले व्यङ्ग्य गरेको छ ।

एमालेले राप्रपा (थापा समूह ) को पार्टीसित गरेको चुनावी तालमेल विलकुल फरक रहेको भावना कविले व्यक्त गरे । जयसिंह धामी,चुच्चे नक्सा बुच्चे बनाएको प्रकरण, प्रदेश सरकारमा ७ मन्त्रीका ठाउँमा १४ वा १५ मन्त्री बनाएर राष्ट्रको धन दोहन र दुरुपयोग गर्ने र महाकालीमा एक तर्फी पक्की बाँध बनाएको र महाकालीको भेल दार्चुलातिर फर्काउने जस्ता राष्ट्रघाती र जनविरोधी चुनावी गठबन्धनका विरुद्ध कविहरुको तीव्र आक्रोष व्यष्क्त गरेका थिए । एम.सी.सी नेपाली काङ्ग्रेसको सरकारले आँखा चिम्लेर हस्ताक्षर गर्दाको परिणाम भएको पनि तिनले कवितामा उल्लेख गरे । टनकपुरमा काङ्गेसले गरेको राष्ट्रघातलाई सच्याउन महाकाली सन्धी गर्नु प¥यो । लुगा च्यातिए पछि रप्फू गरे जस्तै तर एम.सि.सी मा रप्फू गर्ने ठाउँ पनि नराखी हस्ताक्षर गर्दा गम्भीर समस्या आयो ओृलीले भनेझैँ तीन करोड जनताको जनअदालत गठन गरेर सबै खालका वैदेशिक थिचोमिचो अपमान समाप्त पार्नु पर्छ । यो कुरा समयले नै बताउँछ र ल्याउँछ । जस्तो अहिले भारत अनुकूलको वा कन्फर्टेवल सरकारका कृत्यबाट स्पष्ट भएको छ, यो सरकार कसको हो र कसका लागि हो ?

पार्टी अध्यक्ष ओलीले भनेझैँ एमाले झिँगासित कुनै चुनावी तालमेल र गठबन्धन गर्दैन किनभने झिँगाको संगतबाट रछानमा मात्र पुगिन्छ । एमाले महासचिवका अनुसार विखण्डन विरोधी सीके राउत, हत्याहिँसा परित्याग गरेको माओवादी विप्लव र राजतन्त्र विरोधी राप्रपा कमल थापा जनघात र राष्ट्रघातका विरुद्ध छन् । भारत अनुकूलको वा कन्फर्टेवल सरकार र तिनका मतियार हरुको कम्युनिस्ट खोल अरु निर्वस्त्र हुँदै जानेछ ।

जन हितका राम्रा काम गर्दा एमाले
शत्रुहरुको घेरामा प¥यो एमाले
जनताकै साथ पाई जाग्छ एमाले

मिथिला पोखरेल,इटहरी ५

उक्त कवितामा कम्युनिस्टको खोल ओढी कम्युनिस्ट विरुद्ध जेहाद छाडेर लाग्ने धन्धुकारी प्रवृत्तिलाई अनेम संघ केन्द्रीय सदस्य पोखरेलले चाटिलो व्यङ्ग्य गरिन् । चियाको चुस्कीका साथ सम्पन्न गोष्ठीमा अर्की महिला नेतृ रुक्मणि कोइरालाले कम्युनिस्ट नामका लालगृह जलाउने धन्ुधकारीको उछित्तो काड्दै लेखिन् ,

देश विकास गर्नेलाई खुट्टा तान्न थाल्छन्
चम्किलो सूर्य त्यागी आफ्नै खाल्टो खन्छन् ।

रुक्मणि कोइराला
एमाले सुनसरी जिल्ला संस्कृति विभाग प्रमुख प्रसिद्ध लोक गायक बालकृष्ण कार्कीले निर्वाचन एलौ दिदी, निर्वाचन एलौ बहिन, भोट दिए जाए पड्तो, सुरज छापमे बोलको थारु भाषाको कर्णप्रिय गीत गाएका थिए । एमाले जिल्ला नेता तथा प्रसिद्ध गीतकार गायत्री लंसालले निम्नलिखित गीत प्रस्तुत गर्दै देश र जनता विरोधी गठबन्धनलाई परास्त गर्नै पर्ने आशयको गीत प्रस्तुत गरेका थिए,

प्रतिक्रियावादी हरुको गौँडा गौँडा छेक्नु पर्नेछ
हातमा ठेल्ना उठ्नेहरुको इतिहास लेख्नुपर्नेछ

गायत्री लम्साल,इटहरी ५
प्रदेश संस्कृति विभागको परिकल्पनामा जिल्ला पार्टीको समन्वयमा र महासंघ सम्बद्ध संस्थाको अगुवाइ र नेतृत्वमा यस खालको कार्यक्रमको आयोजना प्रदेश भरि सुरु गरिएको विभाग उपप्रमुख प्रसिद्ध कलाकार राजेश थापाले बताए । उनले सांस्कृतिक रुपान्तरणका लागि विभागले तत्कालीन, अल्पकालीन र दीर्घ कालीन योजना बनाएको उल्लेख गरे । सत्तासीन सरकारी गठबन्धन र तिनका जनविरोधी चुनावी तालमेलका सम्बन्धमा गम्भीर प्रश्न गर्दै प्रसिद्ध सर्जक तथा पत्रकार चन्द्र भण्डारीले यसो भन्छन्,
समाजवाद र लम्पसारवादको भ्रूण कसरी विकास भयो होला ?
कुकुरको दूध चुसेर विराला मोटाउने गन्तव्य कस्तो होला
कठैबरा गठबन्धन ?

वरिष्ठ सर्जक चन्द्र भण्डारी,झापा
ओली नेतृत्वको सरकारले पहिले कहिल्यै, कुनै पनि सरकारले नगरेका,गर्न नचाहेका,नसकेका र नसोचेका र भोलि फेरि एमाले बाहेक अरु कसैले गर्न नसक्ने जनहितका कामहरुको कलात्मक प्रस्तुति गर्दै दीपेन्द्र अधिकारीले ओली नेतृत्वकोे गुण गरिमाको उल्लेख गरेका छन् तर गुणी जनले मात्र गुणको कदर गर्छ । दुर्गुणीले गुण र गुणीजनको कहिल्यै चर्चा गर्दैन । आग्रह बिना गुण ग्रहण नगरी सदा सराप्नमा नै रमाउने प्रवृत्ति कतिपय नेपालीको रहेको पनि देखिन्छ ।

युगले जन्माएको युग पुरुष ओली
गोली भन्दा छिटो पुग्छ उनको तीखो बोली,

दीपेन्द्र अधिकारी,पोखरा

ाास्तवमा ओली देश र जनताका दुष्मन विरुद्ध डडेल्नो पोल्ने घाम बन्नुहुन्छ तर मित्रलाई मित्रको आँखाले हेर्नु पर्छ भन्ने ओली जनता र देशका मित्रका आँखाको नानी हुनुहुन्छ । उनै अधिकारीले आफ्नै लालगृहमा आगो झोस्ने कम्युनिस्ट नामधारी झारपातलाई यही चुनाव मार्फत् तुरुन्तै उखेलेर मिल्काउनु पर्ने बताउँछन् । जनमैत्री भावनाका साथ एमाले पार्टी र जनप्रतिनिधि

जनहितका काममा लाग्नु पर्ने बताउँछन् ।
घरबारीको झारपात गोडेर नै फाल्नुपर्छ
हरेक बिहान नयाँ काम हात जोडेर थाल्नुपर्छ

अझ अधिकारीले एमालेमा उर्लिको जनसागर देखेर विरोधी र विपक्षीहरु थर्थरी काम्न थालेको कवितामा उल्लेख गरेका छन् ।बेलबारी निवासी तिला लेकाली प्रलेस प्रदेशकी अध्यक्ष तथा वरिष्ठ प्रगतिशील स्रष्टा हुन् । उनले निम्न लिखित कवितामा उच्च विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेकी छिन,
इमान्दारलाई दिनुस् अमूल्य यो भोट
भ्रष्टाचारी हुन्छ बुझ्नोस् जसले बाँड्छ नोट,

तिला लेकाली,बेलबारी मोरङ

वरिष्ठ कवि तथा पार्टीकी केन्द्रीय सल्लाहकार कुन्ता शर्माले आजीवन पार्टी अध्यक्ष र प्रधानमन्त्री वा मन्त्री बन्न जे गर्न र बोलकबोल गर्न तयार जनविरोधी नेता ,नेतृत्व र गठबन्धन विरुद्ध यसरी कटाक्ष गर्नु भयो,
तपाईँलाई सत्ता र सम्पन्नताको लिप्साले
सदा पिरोलेको छ
आजीवन सदा कुर्सीमा बुर्कुसी मार्न हत्तेहाल्ल्दा
निज निवास खरानी बनाउनु भएको छ
भँडार खनेर आँगन पुर्दै हुनुहुन्छ ।

कुन्ता शर्मा,धरान
धरान निवासी छन्दोबद्ध कवि मछिन्द्र खत्री बामशक्तिलाई एक एक निहुँ र अत्तो थापी क्षतविक्षत पार्न उद्यत धन्ध्ुकारी प्रवृत्तिप्रति तीव्र आकोष व्यक्त गर्दै कवितामा यसरी प्रस्तुत हुन्छन्
फुटाएर आए उता भव्य पार्टी हिडूँ खै म एक्लै कतै आँट छैन
चुनावमा जित्ने कुनै ठाउँ छैन । ठुलो भाग खान यता आएँ साथी चारतारे झन्डाको औलो समाएँ
गरेको छु मैले फुटाउने धन्दा कम्युनिजमलाई मैले बिसाएँ
यसैमा समाएँ निकै भव्य चन्दा
मछिन्द्र खत्री, धरान