१५ बैशाख २०८१, शनिबार 1714196974
राजनीति

एमालेमा पूर्व राजदूत लक्की शेर्पा प्रवेश गर्दै

काठमाडौं – पूर्व राजदूत लक्की शेर्पा आज नेकपा (एमाले) मा प्रवेश गर्दैहुनुहुन्छ ।

आज ललितपुरको च्यासलस्थित नयाँ पार्टी कार्यालयमा आयोजना हुने कार्यक्रममा उहाँ एमाले प्रवेश गर्ने गर्ने तयारी रहेको बताइएको छ । एमाले नेतृत्वसँगको छलफलपछि आपूm उक्त निर्णयमा पुगेको पूर्व राजदूत शेर्पाले बताउनुभयो । ‘माओवादी संस्थागत रूपमा चलेन, त्यसैले एमालेमा प्रवेश गर्न लागेकी हुँ । देशलाई निकास दिने पार्टी एमाले नै हो,’ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो ।

नेपाल आदिवासी जनजाति महासंघको पदाधिकारी भएर काम गर्नुभएको उहाँ पहिलो संविधानसभामा एमालेबाट सभासद् बन्नुभएको थियो । चार वर्ष एमालेबाट समानुपातिक सभासद् बनेपछि रामचन्द्र झासँगै माओवादीमा प्रवेश गर्नुभएको थियो ।

उहाँ दोस्रो संविधानसभामा माओवादीको समानुपातिक उम्मेदवार हुनुहुन्थ्यो । । तर, माओवादीको मत कम आएकाले सभासद् बन्न सक्नुभएन । त्यसपछि उहाँ माओवादीको कोटामा अस्ट्रेलियाका लागि नेपाली राजदूत बन्नुभएको थियो ।